हिमालयन ऊर्जा विकास कम्पनीले पायो हकप्रद सेयर निष्कासनको अनुमति, अरुले पनि पाउने



काठमाडौं । धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई आज (असार ७ गते शुक्रबार) शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै कम्पनीले १ः१ अनुपातमा ९९ करोड रुपैयाँको ९९ लाख कित्ता हकप्रद सेयर गर्ने छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकाल गत पुस २० गतेबाट सकिएपछि आईपीओ, हकप्रद निष्कासनको काम रोकिएको थियो ।

कानूनी प्रकृया पुरा गरेका र आवश्यक कागजात पुरा गरेका कम्पनीलाई बोर्डले सार्वजनिक निष्कासनको अनुमति दिने बोर्ड स्रोतले जनाएको छ ।


क्लिकमान्डु