गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ समस्याग्रस्त घोषणा



काठमाडौं । सरकारले गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार ललितपुर महानगरपालिका–१४ ताल्छिखेलमा कार्यालय रहेको संस्थालाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (२) बमोजिम सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको मन्त्रालयले जनाएको छ ।

यो समस्याग्रस्थ सहकारीको संख्या १८ पुगेको छ । कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व फरफारक भइसकेको छ ।

यो सहकारीमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ पनि अध्यक्ष रहेका थिए ।


क्लिकमान्डु