बीवाईडी एट्टो-थ्रीको मूल्य घटाएर नयाँ भर्सन बजारमा



एजेन्सी । पछिल्लो समय अटो मार्केटमा प्रभाव जमाइरहेको चिनियाँ इलेक्ट्रिक कार कम्पनी बीवाईडीले अस्ट्रेलियन बजारमा मूल्य घटाएको छ । बीवाईडीले उल्लेखनीय मूल्य घटाएर आफ्नो लोकप्रिय एट्टो ३ इलेक्ट्रिक एसयूभी २०२४ को संस्करण सार्वजनिक गरेको बताइएको छ ।

बीवाईडीले अचानक ३ हजार ५६२ अस्ट्रेलियन डलर बराबरको मूल्य कटौती गर्दै नयाँ प्रडक्ट सार्वजनिक गरेको हो । जसमा अट्टो ३ का केही प्रमुख फिचरमा अपडेट पनि गरिएको छ । यससँगै बीवाईडी एट्टो ३ लाइनअप मानक संस्करण ४४ हजार ४९९ अमेरिकी डलरदेखि सुरु हुन्छ । जुन पहिलेदेखि नै अन रोड लागत ४८ हजार ११ अमेरिकी डलरभन्दा कम हो ।

यस अन्तर्गत बीवाईडीले विस्तारित भेरिएन्टमा ठूलो ब्याट्री र एनईडीसी साइकलमा ४८० किमीसम्मको रेन्जको विस्तारित भेरिएन्ट अब ४७ हजार ४९९ अमेरिकी डलरदेखि सुरु हुन्छ । पहिले यसको अन रोड लागतभन्दा पहिले ५१ हजार ११ अस्ट्रेलियन डलरसहित बजारमा थियो ।

बीवाईडी, टेस्ला लगायतका ईभी निर्माताहरुमध्ये बीवाईडीको यस्तो निर्णय नयाँ हो ।अस्ट्रेलियन बजारमा ईभीको कडा प्रतिस्पर्धा भइरहँदा बीवाईडीको यस्तो निर्णय आएको हो । यससँगै अस्ट्रेलियाबाट बाहिर जाने राइट ह्यान्ड ड्राइभ मोडलमा पनि केही महत्त्वपूर्ण परिवर्तन गरिएको छ । यसअन्तर्गत बीवाईडीले पहिले अस्ट्रेलियामा डेलिभर गरिएका गाडीमा हुने एटलस ब्याटम्यान टायर पनि परिवर्तन गरेको छ ।

यस्तै नयाँ अट्टो ३ को भित्री स्वरुपमा अब ठूलो र नयाँ १५.६ इन्चको रोटेटिङ टच स्क्रिन पनि समावेश छ । जवकि पहिले भएको १२.८ इन्चको स्क्रिनलाई बदल्दै नयाँ स्वरुप दिइएको हो । बीवाईडीले नयाँ मोडल नयाँ ‘क्याम्पिङ मोड’सहित आउने पनि उल्लेख गरेको छ । जसले गाडीको ब्याट्री २० प्रतिशतभन्दा माथि भएमा चालकलाई एयर कन्डिसन प्रयोग गर्न मिल्ने सुविधा पनि दिने बताइएको छ ।

तर पावर ट्रेनको अगाडि, फ्रन्ट ह्विल ड्राइभ मोटरमा सबै फिचर समान रहन्छ । जसले १५० केडब्लु र ३१० एनएम पिक टर्क उत्पादन गर्छ । बीवाईडी अट्टो ३ गत वर्ष २०२३ मा तेस्रो सर्वाधिक बिक्री हुने ईभीको रुपमा विश्व प्रसिद्ध बनेको थियो । गत वर्ष यो ईभीको बिक्री ११ हजार ४२ थियो ।

२०२४ मा बीवाईडीले ३ हजार ३७५ एट्टो ३ बिक्री गरेको छ । जुन सर्वाधिक लोकप्रिय ईभीको रुपमा बजारमा प्रभाव जमाइरहेको छ । २०२४ को बीवाईडी एट्टो ३ गाडीहरु अबको केही महिनामा बजारमा आउने अपेक्षा गरिएको छ । बीवाइीको एट्टो ३ ब्रान्ड नेपालमा पनि पछिल्लो समय अत्यधिक मन पराइएको गाडी हो । हाल एक करोडभन्दा धेरै मूल्य पर्ने विभिन्न ४० ब्रान्डका गाडी नेपालमा प्रयोग गरिँदैआएको छ


क्लिकमान्डु