महिनामै करोडमाथि मूल्यका ४० कार किन्छन् नेपाली, रोजाइमा कुन ब्रान्ड ?



काठमाडौं । सवारीसाधान आवश्यकता र विलास दुवै हो । यातायातको साधान विकासक्रम इतिहासकै परिस्कृत र उन्नत स्थितिमा पुगेका बेला आवश्यकता र रहर हुनेबीच सवारी भोग र भोकको ऐना बनेको छ ।

एउटा खिरिलो रेखा छ, जसले रहर र आवश्यकता दुवै छुट्याउँछ । अविकसित वा अतिकम विकसित देशमा सवारीसाधन आवश्यकताले भोग हुन्छ । विकासित र उच्च आय/क्रयशक्ति भएका मुलुकमा सवारी शोखको भोकले खरिद हुन्छ ।

नेपालजस्तो अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नती हुँदै गरेको मुलुकमा यी दुवै वर्ग छन् । एउटा वर्ग छ, केही रुपैयाँ खर्चेर दैनिक आवागमनको आवश्यकता पूर्ति गर्ने । र, अर्को वर्ग छ, रहरका निमित्त करोडौं खर्चन सक्ने ।

आज हामी दोस्रो वर्गको कुरा गर्नेछौं ।

नेपाल सरकारले निजी प्रयोजनका सवारीसाधनलाई विलासिताको वर्गमा राखेर उच्च करका दर लगाएको छ । अर्कातर्फ, अटोमोबाइल्स बजार संतृप्ती (स्याचुरेसन)को स्थितिमा पनि पुग्दै छ ।

यी दुई कारण वर्तमान परिस्थितिमा अटो बजार निकै सेलाएको छ । यस्तो परिस्थिति पनि मासिक ४० वटा करोड रुपैयाँभन्दा बढी मूल्यका कारण विक्री भइरहेका छन् भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ ।

हो, पछिल्लो १० महिना आयात भएको कारको संख्या विश्लेषण गर्ने हो भने ४ सयको संख्यामा १ करोड रुपैयाँभन्दा बढी मुल्य पर्ने कार आयात भएका छन् ।

दसैंको मुख र नाडा अटो शोमा अर्डर भएको कार डेलिभरी गर्ने महिना असोजमा त झन् ४८ वटा र बजेटमा कर बढ्ने अनुमानसहित गत चैतमै मात्र ५४ वटा कार आयात भएको देखिन्छ ।

देशमा कुल २३ कम्पनीले १ करोड रुपैयाँ भन्दा बढी मूल्य भएका कार बेच्दै आएका छ । सो सूचीमा विश्वप्रशिद्ध ब्रान्डहरु छन् ।

नेपालमा भने सबैभन्दा लोकप्रिय महँगो कार टोयोटा देखिएको छ ।

तथ्यांकअनुसार पछिल्लो १० महिनामा टोयोटा एक्लैले ११३ वटा करोड रुपैयाँभन्दा महँगो कार बेचेको छ । मोडलका हिसाबले पनि सबैभन्दा लोकप्रिय दुई मोडल टोयोटाकै छन् । ती हुन् प्राडो र हाइलक्स ।

टोयोटापछि नेपाल भित्रिने महँगो कार मर्सिडिजको हो । मर्सिडिजको जीएलएस ४५०, बीएमडब्लु, वोक्सवागत ट्वारेग, मित्सुबिशीको पजेरो, फोर्डको एभरेस्ट सर्वाधिक महँगा कार हुन् ।

महँगो कारमा बजार हिस्सामा दोस्रो नम्बरमा किया पर्दछ । कियाले १० महिनामा ४५ वटा महँगो कार आयात गरेको छ । बजार हिस्सातको सूचीमा निशान तेस्रो, फोर्ड चौथो, जिप पाचौं र बीएमडब्लु छैठौं नम्बरमा आउँछन् ।

मोडलको हिसाबले तेस्रो नम्बरमा भने प्रिमियम विद्युतीय कार आउँछ । कियाको ईभी सिक्स तेस्रो सर्वाधिक बिक्ने महँगो कार हो । निशानको नाभारा र जिपको कम्पास पनि लोकप्रिय महँगो गाडी हुन् ।

अब कुरा गरौं, मूल्य, कम्पनी र ब्रान्ड अनुसार कुन गाडी कति बिक्री भए ? (१० महिनाको तथ्यांकअनुसार)

१. टोयोटा

गुणस्तरले टोयोटालाई नम्बर वान कम्पनी बनाएको छ । मूल्यअनुसार पनि सबैभन्दा महँगो गाडी टोयोटाकै हो । ल्यान्डक्रुजरको मूल्यअधिकतम ५ करोड १६ लाख रुपैयाँसम्म छ । जुन पछिल्लो १० महिनामा नेपालमा बिक्री भएको सबैभन्दा महँगो कार हो ।

१० महिनाको तथ्यांकको आधारमा महँगो सवारीमा टोयोटाको हिस्सा ३० प्रतिशत छ । अर्थात्, १० वटा करोड बढीको महँगो कार बिक्री हुँदा टोयोटाको ३ वटा पर्छन् । प्राडो र हाइलक्सकै बजार हिस्सा १०–१० प्रतिशत छ ।

नेपालमा टोयोटाका गाडि बेच्ने कम्पनी युनाइटेड मोटर्स सिन्डिकेट हो ।

टोयोटा ल्यान्ड क्रुजर – २१ वटा
मूल्यः २ करोड ८३ लाखदेखि ५ करोड १६ लाख रुपैयाँसम्म

टोयोटा प्राडो – ३६ वटा
मूल्यः २ करोड ८३ लाखदेखि ३ करोड ३४ लाख रुपैयाँसम्म

टोयोटा हाइलक्स – ३४ वटा
मूल्यः १ करोड २ लाखदेखि १ करोड ३५ लाख रुपैयाँसम्म

टोयोटा र्‍याभफोर – १० वटा
मूल्यः १ करोड ९५ लाख रुपैयाँ

टोयोटा फर्चुनर – ११ वटा
मूल्यः २ करोड २२ लाखदेखि २ करोड ३२ लाख रुपैयाँसम्म

टोयोटा यारिस – १ वटा
मूल्यः १ करोड २२ लाख रुपैयाँ

२. मर्सिडिज

मर्सिडिज नेपालमा बिक्री हुने दोस्रो महँगो कार हो । पछिल्लो १० महिनामा कम्पनीको जीएसएल ४५० कार एउटा विक्री भएको छ ।

मर्सिसिडज जीएलएस ४५० – १ वटा
मूल्यः ४ करोड ४५ लाख रुपैयाँ

३. बीएमडब्लु

नेपाली बजारमा बीएमडब्लुका कार किन्न पाइन थालेको साढे ३ वर्ष भयो । लक्ष्मी प्रिमियम मोटर्सले तीनकुनेमा शोरुम खोलेयता बीएमडब्लु औपचारिक रुपमा नेपाल आएको हो ।

चालु आर्थिक वर्षको १० महिनामा बीएमडब्लुका २४ वटा कार आयात भएका छन् । नेपालमा यस अवधिमा विक्री भएको कारमध्ये बीएमडब्लु तेस्रो महँगो ब्रान्ड हो ।

बिक्री भएको कार संख्याका आधारमा बीएमडब्लु छैठौं स्थानमा आउँछ ।

बीएमडब्लु एक्स फाइभ – २ वटा
मूल्यः ३ करोड ५० लाखदेखि ४ करोड १६ लाख रुपैयाँसम्म

बीएमडब्लु एक्स थ्री – ४ वटा
मूल्यः २ करोड ६० लाखदेखि ३ करोड रुपैयाँसम्म

बीएमडब्लु आईएक्स थ्री – १८ वटा
मूल्यः २ करोड ५६ लाख रुपैयाँ

४. वोग्सवागन

युरोपेली कार ब्रान्ड वोक्सवागन नेपाली बजारमा पनि लोकप्रिय छ । नेपाली बजारमा पुजा इन्टरनेसनलले यो कम्पनीको गाडी बेच्दै आएको छ ।

नेपालमा पाइने वोक्सवागनको सबैभन्दा महँगो गाडी ट्वागरेग हो । पछिल्लो १० महिनामा कम्पनीको ११ वटा गाडी विक्री भएका छन् ।

वोक्सवागन ट्वागरेग – २ वटा
मूल्यः ३ करोड २५ लाख रुपैयाँ

वोक्सवागन टिगुवान – ९ वटा
मूल्यः १ करोड ११ लाखदेखि १ करोड ५८ लाख रुपैयाँसम्म

५. फोर्ड

नेपाली बजारमा फार्ड गाडी जीओ अटोमोबाइल्सले बेच्दै आएको छ । फोर्डको एभरेस्ट नेपालमा बिक्री हुने महँगो गाडीमध्ये पर्छ । पछिल्लो १० महिनामा फोर्डले ३० वटा करोड रुपैयाँभन्दा महँगो गाडी बिक्री गरेको छ ।

यो संख्याका आधारमा करोडमाथिका कारमा कम्पनीको बजार हिस्सा चौथो स्थानमा पर्छ ।

फोर्ड एभरेस्ट – ८ वटा
मूल्यः २ करोड ४५ लाख रुपैयाँ

फोर्ड इन्डियभर – १ वटा
मूल्यः १ करोड ४९ लाख रुपैयाँबाट सुरु

फोर्ड रेन्जर – १७ वटा
मूल्यः १ करोड १५ लाखदेखि २ करोड २५ लाख रुपैयाँ

६. टेस्ला

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको नेपालमा आधिकारिक बिक्रेता छैन । तर, एरिट इन्टरनेसनले टेस्ला उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो १० महिनामा ५ वटा टेस्ला कार नेपाली बजारमा बिक्री भएको छ ।

टेस्ला मोडल वाई – ३ वटा
मूल्यः १ करोड ६५ लाखदेखि २ करोड ९० लाख रुपैयाँसम्म

टेस्ला मोडल थ्री – २ वटा
मूल्यः १ करोड २५ लाखदेखि १ करोड ६७ लाख रुपैयाँसम्म

७. मित्सुबिशी

जापानी कार निर्माता कम्पनी मित्सुबिशी पनि उस्तै रुचाइने ब्रान्ड हो । मित्सुबिशीका कार निकै विलासी मानिन्छन् ।

पजेरोलाई विगतमा विलाशीताको पर्याय पनि मानिन्थ्यो । उच्च ओहोदाका तथा धनाड्यहरु प्राडो र पजेरो चढ्छन् भन्ने लाकोक्ति छ ।

पछिल्लो १० महिनामा करोडमाथि मूल्य पर्ने १६ वटा मित्सुबिशी कार आयात भएका छन् ।

पजेरो स्पोर्ट – २ वटा
मूल्यः २ करोड १५ लाख रुपैयाँ बाट सुरु

मित्सुबिशी आउटल्यान्डर – ७ वटा
मूल्यः १ करोड २८ लाख रुपैयाँसम्म

मित्सुबिशी इक्लिप्स क्रस – ७ वटा
मूल्यः १ करोड १५ लाख रुपैयाँसम्म

८. स्कोडा

चेक कार निर्माता स्कोडा नेपालमा बिक्री हुने महँगा कार कम्पनीहो । स्कोडाको कार नेपालमा एमएडब्लु इन्टरप्राइजेजले बिक्री गर्दै आएको छ ।

चालु आवको १० महिनामा करोडमाथि मूल्य पर्ने स्कोडा कार ७ वटा आयात भएका छन् ।

स्कोडा कोडियाक – ५ वटा
मूल्यः १ करोड ८९ लाख रुपैयाँ

स्कोडा सुपर्ब – २ वटा
मूल्यः १ करोड ६९ लाख रुपैयाँसम्म

९. अडी

नेपाली बजारमा पछिल्लो १० महिनामा अडिको १५ वटा ई ट्रन नामक पूर्ण विद्युतीय कार बिक्री भएको छ । यो कारको नेपालमा १ करोड ७५ लाख रुपैयाँ मूल्य पर्दछ ।

अडी ई ट्रन – १५ वटा
मूल्यः १ करोड ७५ लाख रुपैयाँ

१०. जिप

जिपलाइ नेपाली बजारमा एमएडब्लुले बिक्री वितरण गर्दै आएको छ । जिप कम्पास, ¥यांग्लर र मेरिडियन सवारी पारखीले निकै रुचाएका पनि छन् ।

एमएडब्लुले असार–वैशाख अवधिमा २८ वटा करोडमाथिका जिप बेचेको छ । यो संख्या १० महिनामा देशमा बिक्री भएको पाचौं धेरै हो ।

जिप मेरिडियन – २ वटा
मूल्यः १ करोड ८१ लाख रुपैयाँ

जिप कम्पास – २६ वटा
मूल्यः १ करोड ५ लाखदेखि १ करोड ३० लाख रुपैयाँसम्म

११. किया

१० महिनामा कियाका कुल ४५ वटा करोडमाथिका कार आयात भएका छन् । कियाका लागि नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज हो ।

संख्याको हिसाबमा किया करोडमाथिको सवारीमा दोस्रो रुचाइएको कम्पनी हो । यस अवधिमा कियाका ४५ वटा करोडमाथिका कार आयात भएका छन् ।

किया सोरेन्टो – ४ वटा
मूल्यः १ करोड ९० लाख रुपैयाँ

किया स्पोर्टेज – १० वटा
मूल्यः १ करोड २६ लाख रुपैयाँ

किया ईभी सिक्स – ३१ वटा
मूल्यः १ करोड २६ लाख रुपैयाँ

१२. निशान

निशानको एक्सट्रेल र नाभारा पिकअप पफर्मेन्सका कारण धेरै रुचाइन्छन् । नेपालमा बढी बिक्ने जापानी कार निर्माता निशानका गाडी अफरोड लग्जरी गाडी हुन् ।

संख्याका हिसाबमा निशान तेस्रो धेरै बिक्री भएको करोडमाथिको गाडी कम्पनी हो । १० महिनामा कुल ३२ वटा निशान गाडी बिकेका छन् ।

निशान एक्सट्रेल – ३ वटा
मूल्यः १ करोड ५० लाखदेखि १ करोड ८७ लाख रुपैयाँसम्म

निशान नाभारा – २९ वटा
मूल्यः १ करोड २ लाखदेखि १ करोड २५ लाख रुपैयाँसम्म

१३. हुन्डाइ

करोडमाथिका कार बजारमा हुन्डाइको पनि राम्रो हिस्सा छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाइको कार आयात तथा विक्री वितरण गर्दै आएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा हुन्डाइको १७ वटा करोडमाथिका कार बिक्री भएका छन् ।

हुन्डाइ टक्सन – ३ वटा
मूल्यः १ करोड ७ लाखदेखि १ करोड ६७ लाख रुपैयाँ

हुन्डाइ आयोनिक फाइभ – १४ वटा
मूल्यः १ करोड ४ लाख रुपैयाँ

१४. बीवाईडी

सिल बीवाईडीको सबैभन्दा महँगो कार हो । यो चिनियाँ कार उत्पादक कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता साइन्मेक्स इंक हो ।

बीवाईडी सिल – ४ वटा
मूल्यः १ करोड ५ लाखदेखि १ करोड ८५ लाख रुपैयाँ

१५. माज्दा

माज्दा सीएक्स नाइन – १ वटा
मूल्यः २ करोड ५ लाखदेखि २ करोड १५ लाख रुपैयाँसम्म

माज्दा सीएक्स फाइभ –२ वटा
मूल्यः १ करोड ३१ लाखदेखि १ करोड ४९ लाख रुपैयाँसम्म

माज्दा सीएक्स थ्री – १ वटा
मूल्यः १ करोड ९ लाखदेखि १ करोड १५ लाख रुपैयाँसम्म

१६. म्याक्सस

म्याक्सस मिफा नाइन – ६ वटा
मूल्यः १ करोड ४० लाख रुपैयाँ

१७. ग्रेटवाल मोटर्स

ग्रेटवाल मोटर्स हाभाल एच सिक्स – २ वटा
मूल्यः १ करोड १७ लाख रुपैयाँ

१८. सुबारु

सुबारु क्रसट्रेक – ४ वटा
मूल्यः१ करोड ४९ लाखदेखि १ करोड ७५ लाख रुपैयाँ

सुबारु फरेस्टर – ४ वटा
मूल्यः १ करोड ४५ लाख देखि १ करोड ५५ लाख रुपैयाँ

१९. स्काइवेल

स्काइवेल ईटी फाइभ – १२ वटा
मूल्यः १ करोड ९ लाख रुपैयाँ

२०. प्रोटोन

प्रोटोन एक्स सेभेन्टी – १ वटा
मूल्यः टप भेरियन्टको १ करोड ४ लाख रुपैयाँसम्म

२१. पजेट

पजेट २००८ – १ वटा
मूल्यः १ करोड १५ लाखदेखि १ करोड २५ लाख रुपैयाँसम्म

२२. महिन्द्रा

महिन्द्रा एक्सयूभी ७००
मूल्यः टप भेरियन्टको १ करोड १९ लाख रुपैयाँसम्म

महिन्द्र स्कोर्पियो
मूल्यः टप भेरियन्टको १ करोड २४ लाख रुपैयाँसम्म

२३. सुजुकी

सुजुकी ग्रान्ड भिटारा
मूल्यः टप भेरियन्टको १ करोड १ लाख रुपैयाँसम्म


रोविन पौडेल