आरजु राईस मिलले ‘चैते ५’ धान धमाधम खरिद गर्दै, न्यूनतम समर्थन मूल्य २५०० प्रतिक्विन्टल



काठमाडौं । वर्षेनी धान चामल आयात भइरहेको अवस्थामा किसानले उचित मूल्य तथा बजार नपाउँदा धानै कुहिएर जाने होईन भनी पूर्वी नेपाल मोरङ, झापाका किसान अहिले चिन्ताग्रस्त छन् ।

स्थानीयस्तरका व्यापारीहरु धानको मूल्य निकै तल झार्न धान खरिद ठप्प पारेका छन् । उनीहरुको दाउ धानको मूल्य कम गरि ठूलो आम्दानी हात पार्नु हो । एक साताभित्रै धानको मूल्य प्रतिमन ३०० रुपैयाँले घटेको छ ।

चैते धानमा चिस्यान बढि हुने र वर्षा मौसमका कारण भण्डारण गर्न नमिल्ने हुँदा किसान अन्यौल र चिन्तित भइरहेका छन् ।

यी सबैलाई दृष्टिगत गरि आरजु राईस मिलले केही दिन अगाडिको मूल्यमा थप रु. १०० बढाई प्रति मन रु. १००० का दरले धान खरिद गरिरहेको छ । आरजु राईस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ‘हामी सदैव किसानका पक्षमा छौं’ । हामी किसानलाई निर्वाहमूखीबाट व्यवसायीकरणतर्फ डो¥याउन प्रतिबद्ध रहेको उनले बताए ।

नेपाल सरकारले १८ प्रतिशत चिस्यानको मात्रामा प्रति क्विन्टल २५०० तोकेको छ । तर आरजु राईस मिलले चिस्यानको प्रतिशत २५ प्रतिशत कायम गरि उत्तिकै मूल्य राखेको छ ।

धान खरिद नहुँदा यसले रोजगारी सिर्जनामा पनि व्यापक असर गर्ने पक्का छ । यसमा तीनै तहका स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार गम्भिर हुनुपर्ने स्थानीय किसानको माग रहेको छ ।


क्लिकमान्डु