बीवाईडीको गाडी बेच्ने साइमेक्समा राजस्वको छापा, कागजमा नक्कली क्षमता देखाएर भन्सार छलेको आरोप



काठमाडौं । चिनियाँ विद्युतीय कार उत्पादक बीवाईडीको कार नेपालमा बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीमा छापा हानेर केही कागजपत्र समेत जफत गरेहको हो ।

बढी मोटर क्षमताको गाडीलाई कम भएको घोषणा भन्सारमा गरेर कर छलेको आरोपमा विभागले अनुसन्धान गरेको हो ।

यसअघि भन्सार विभागले मातहतका कार्यालयहरुलाई विद्युतीय सवारीको जाँचपासमा सजग हुन निर्देशन दिएको थियो । बढी मोटर क्षमताका गाडीलाई कागजमा कम देखाएर राजस्व छल्ने प्रवृत्ति बढेको भन्दै विभागले यसमा कडा हुन निर्देशन दिएको हो ।

यसअघी राजस्व सचिव रामप्रसाद घिमिरेले यस्तो प्रवृत्तिबाट ५ अर्ब रूपैयाँ राजस्व छली भएको हुनसक्ने बताएका थिए ।

यस्तो प्रवृत्ति बीवाईडीको एट्टो थ्रीमा रहेको अर्थ प्रशासनको निष्कर्ष छ । यसैगरी ओमोडा र दिपालका गाडीमा पनि यस्तै प्रवृत्ती रहेको अनुमान गरिएको छ ।


क्लिकमान्डु