आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने



काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

त्यसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको जारी पँुजी १ अर्ब ७८ करोड ५८ लाख को ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार सेयर पूँजी बराबरको ५३ लाख ५७ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।


क्लिकमान्डु