समस्याग्रस्त ३ वटा सहकारीका बचतकर्ताले पाए बचत फिर्ता



काठमाडौं । समस्याग्रस्त रहेका तीन वटा सहकारीका बचतकर्ताले बचत फिर्ता पाएका छन् ।

सहकारी बिभागको सिफारिसमा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यस्थापन समितिका अध्यक्ष श्रीमोहन गौतमका अनुसार यसअघि नै समस्याग्रस्त घोषित ३ सहकारीको सम्पुर्ण बचत रकम फिर्ता भएको छ ।

समस्याग्रस्त संस्थाका पिडीत, बचतकर्ताका प्रतिनिधि, सञ्चालक तथा यस समितिबिच बिभिन्न मितिमा बचत फिर्तालगायतका बिषयमा निरन्तर छलफल भई समस्याग्रस्त २० वटा सहकारीमध्ये ३ वटा सहकारीको समस्या पुर्णरुपमा समाधान भएको छ ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त रहेका अन्य १७ वटा सहकारीको समस्याको स्थायी समाधानका लागि पहल गरिरहेको बताए ।

पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्तउन्मुख रहेका र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याहरुको स्थायी समाधानका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीको भनाई छ ।

मन्त्री अधिकारीको अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ बढि प्रभावकारी ढङ्गले परिचालन गरी बचत फिर्ताको कार्यलाई तदाकरुकताका साथ अघि बढाएको बताए ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सो बमोजिम गठन हुन नसकेका संरचनाहरु: कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सुचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असूली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रिया समेत अघि बढेको जानकारी दिए ।


क्लिकमान्डु