कालिमाटी तरकारी बजारमा आज : बढ्दैछ अधिकाँश तरकारीको मूल्य, अकबरे खुर्सानीमा ८१ रुपैयाँ घट्यो



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार अकवरे खुर्सानीमा भारी मात्रामा मूल्य घटेको छ । प्रतिकिलोमा ८१ रुपैयाँ घटेर बुधबार यो खुर्सानीको बिक्री भएको हो ।

मंगलबार यो खुर्सानी प्रतिकिलो २२६ रुपैयाँमा बिक्री भएको थियो । बुधबार भने मूल्य घटेर १४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

मंगलबारको तुलनामा बुधबार भेडे खुर्सानीमा प्रतिकिलो ५ रुपैयाँ बढेको छ । बुधबार यो खुर्सानी ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । मंगलबार भने ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।

यस्तै बुधबार चाइनिज लसुनमा प्रतिकिलो ९ रुपैयाँ घटेको छ । बुधबार यो लसुन प्रतिकिलो २२६ रुपैयाँमा बिक्री भएको छ । मंगलबार भने २३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।

मंगलबारको तुलनामा बुधबार अदुवाको मूल्यमा पनि १० रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतिकिलो २७० रुपैयाँमा बिक्री भएको अदुवा बुधबार भने २६० रुपैयाँमा बिक्री भएको छ ।

त्यस्तै लोकल काक्रोको मूल्य पनि १० रुपैयाँले बुधबार घटेको छ । मंगलबार ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको यो काक्रो बुधबार ५५ रुपैयाँमा बिक्री भएको छ ।

कहटरको मूल्यमा १ रुपैयाँ बुधबार बढेको छ । यसैगरी आँपको राजा माल्दहमा करिब १२ रुपैयाँ बढेको छ । मंगलबार प्रतिकिलोमा बिक्री भएको यो आँप बुधबार भने ८६.६७ रुपैया प्रतिकिलोमा बिक्री भएको हो ।

यस्तै ब्रोकाउलीमा प्रतिकिलोमा १८ रुपैयाँ बढेको छ । मंगलबार ९५ रुपैयाँमा बिक्री भएको यो ब्रोकाउली बुधबार भने प्रतिकिलो ११३.३३ पैसामा बिक्री भएको छ । कालिमाटी बजारमा बुधबार अधिकाँश च्याउको मूल्य पनि बढेको छ । राजा च्याउको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतिकिलो २७६ मा बिक्री भएको यो च्याउ बुधबार २९० प्रतिकिलो थोक मूल्यमा बिक्री भएको छ ।

डल्ले च्याउमा भने अत्याधिक मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार यो च्याउमा प्रतिकिलो ३० रुपैयाँ बढेको छ । मंगलबार २७६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको डल्लो च्याउ बुधबार ३०६ रुपैयाँमा बिक्री भएको हो ।

बुधबार कन्ये च्याउको मूल्य पनि ३९ रुपैयाँले बढेको छ । मंगलबार १३३.३३ रुपैयाँमा बिक्री भएको यो च्याउ बुधबार १७२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हो ।

उता हरियो तरकारीतर्फ काउलीमा ९ रुपैयाँ घटेको छ । मंगलबार प्रतिकिलो ५५ मा बिक्री भएको काउली बुधबार भने ४६ रुपैयाँमा बिक्री भएको छ ।

मंगलबारको तुलनामा बुधबार तने बोडीमा पनि झण्डै २२ रुपैयाँ बढेको छ । मंगलबार प्रतिकिलो ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको यो बोडी बुधबार ८६.६७ रुपैयाँमा बिक्री भएको छ । यसैगरी लोकल परवरमा पनि मंगलबारको तुलनामा बुधबार २० रुपैयाँ बढेको छ । भिण्डीमा प्रतिकिलो २१ रुपैयाँ बढेको छ । मंगलबार प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको भिण्डी बुधबार भने ५६ रुपैयाँमा बिक्री भएको छ ।

बुधबार बन्दा २३, लाम्चो भान्टा ४५, लोकल घिउसिमी ४५, तिते करेला ३६, लौंका ४६, घिरौंला ३५, पाकेको फर्सी ३६.६७, लाम्चो हरियो फर्सी ३०, डल्लो हरियो फर्सी ३०, स्कुस ५३.३३, रायो साग ४६.६७, तोरी साग २५, प्याज ८२.४०, रातो आलु ५३.८०, मुढे रातो आलु ४७.३३, स्वदेशी ठूलो गोलभेडा ५५, स्वदेशी सानो गोलभेडा १४ र टनेलको सानो गोलभेडा १८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

ताजा छडी माछाको मूल्य घटेको छ । मंगलबार प्रतिकिलो २४३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको ताजा छडी माछा बुधबार २३५ रुपैयाँमा बिक्री भएको छ । थोक मूल्यमा ८ रुपैयाँ मूल्य घटेको छ ।

स साना छडी माछा निक्कै स्वादिलो हुन्छ । यो माछालाई फ्राई मात्रै गरेर पनि खान सकिन्छ ।

कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु