चिनियाँ ईभीलाई ईयूले बढायो भन्सार शुल्क, जर्मनी भन्छ-‘चीनसँग व्यापार युद्धको जोखिम बढ्यो’



एजेन्सी । चिनियाँ इलेक्ट्रिक भिहिकल ईभी माथि युरोपियन युनियनले ४ जुलाइदेखि भन्सार शुल्क बढाउने भएको छ । सहुलीयतपूर्ण सहमतिका लागि चीन तयार नभएसम्म युरोपियन युनियनले भन्सार शुल्क बढाउने चेतावनी दिएको हो । जवकि चीनको यस्तो भूमिकाले गर्दा आफ्नो बजार विकृत भइरहेको उल्लेख बताएको छ ।

सहुलियतको विषयमा चीनसँग भएको वार्ता सफल नभएसम्म युरोपियन कमिसनले जुलाइ ४ देखि चिनियाँ कार निर्माताहरुलाई १० प्रतिशतबाट ३८ प्रतिशत कर बढाउने चेतावनी दिएको हो । विशेषगरी ग्रिन टेक्नोलोजीबारे ईभीको विषयलाई लिएर चीन र युरोपियन युनियनबीच विवाद भइरहँदा युरोपियन युनियन अब कर बढाउने निर्णयमा पुगेको हो ।

युरोपियन युनियनका कार्यकारीका अनुसार ईयुले सब्सिडिजमा आफ्नो अनुसन्धानका निष्कर्षहरुबारे छलफल गर्न र समस्या समाधानका लागि सम्भावित तरिकाहरुका लागि चिनियाँ अधिकारीहरुलाई आग्रह गरेको थियो । तर चिनियाँ अधिकारीहरुबाट समाधान ननिस्किएपछि युरोपियन युनियनले जुलाइ ४ देखि भन्सार शुल्क बढाउने भएको उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार चिनियाँ उत्पादनमाथि अमेरिका र भारतले भन्दा पनि कम भन्सार शुल्क लगाइरहेको युरोपियन युनियनले कर बढाउन सक्ने अपेक्षा गरिएको थियो । युरोपियन आयोगका अनुसार चिनियाँ ईभीहरु युरोपियन प्रतिस्पर्धीहरुको तुलनामा २० प्रतिशत सस्ता छन् । र यसले आयातमा सहज भइरहेको छ । जसमा चीनमा पनि कार संयन्त्र भएका ईभी टेस्ला र बीएमडब्लु जस्ता पश्चिमी ब्रान्डका गाडी पनि सामेल छ ।

साथै युरोपियन युनियनले चिनियाँ ब्रान्ड बीवाईडी र एसएआईसीसहितका चिनियाँ ब्रान्डका गाडीहरुले पनि बेइजिङको भारी सहुलीयतका कारण बजारमा हिस्सेदारी बढाइरहेका छन् । यससँगै सहुलीयतले गर्दा युरोपियन ब्रान्डहरुको मूल्य पनि घटाउन सहायता पुगेको बताइन्छ ।

पछिल्लो समय ईभीको विषयलाई लिएर देखिएको व्यापक व्यापार विवाद नयाँ विवादको रुपमा देखिएको छ । जसलाई युरोपियन युनियनले ग्रिन टेक्नोलोजीको निर्यातका लागि चीनको अनुचित राज्य समर्थन भन्दै आएको छ । जसमा सौर्य प्यानल, ब्याट्री र वायु टरवाइनलाई पनि लिइन्छ । चिनियाँ अधिकारीहरुले भने युरोपियन युनियनको भन्सार शुल्क बढाउने निर्णयले अधिकांश चिनियाँ कम्पनीलाई प्रभाव नपार्ने प्रतिक्रिया दिएका छन् ।

चिनियाँ इलेक्ट्रिक भिहिकल कम्पनी नियोले भने युरोपियन युनियनको कदमको कडा विरोध गरेको छ । यद्यपि युरोपको ईभी मार्केटप्रति आफ्नो प्रतिबद्धता स्थिर रहेको जनाएको छ । यससँगै जर्मनीले पनि युरोपियन युनियनको कदमप्रति आपत्ति जनाएको छ । जर्मनीका यातायातमन्त्रीले युरोपियन युनियनको भन्सार शुल्क वृद्धिलाई धम्कीपूर्ण निर्णय भन्दै यसले चीनसँग ‘व्यापार युद्ध’को जोखिम बढाएको टिप्पणी गरेका छन् ।


क्लिकमान्डु