उड्न लागेको बुध्द एयरको बाटो रनवेमा स्यालले काटेपछि…



काठमाडौं । स्यालले बाटो काटेपछि बुध्द एयरको जहाजले टेकअफ क्यान्सिल गरेको छ । जनकपुरबाट काठमाडौं उड्न लागेको बुध्द एयरको उडान नं. ५०४ को जहाज २०० मिटर गुडेपछि उड्न रोकेको हो ।

आफ्नै अगाडिबाट स्याल धावनमार्गमा कुदेको देखेपछि एबर्टेड टेक अफ गरेको स्रोतले जानकारी दियो । घटना सोमबार बिहान करिब १० बजेको हो ।

बिमानस्थल प्रमुख भिमदत्त पन्त आफैं ड्युटीमा रहेपनि उनले स्याल देखेनन् । तर पाइलटले स्याल देखेपछि तत्काल टेकअफ रद्द गरेका हुन् । पाइलटले सम्भावित दुर्घटना हुनबाट जोगाएका हुन् ।

एयर ट्राफिक कन्ट्रोलरले क्लियरेन्स दिएपछि जहाज धावनमार्गमा जान्छ । त्यसपछि बिमान उडानका लागि रनवेमा कुद्दै गर्दा एटीसीले रनवे हेर्नुपर्ने नियम छ ।


क्लिकमान्डु