सिप्रदी ट्रेडिङले टाटा टियागोको मूल्य बढायो, सबै भेरियन्टको मूल्य १ लाखले बढ्यो



काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा टियागोको सबै भेरियन्टका गाडीको मूल्य १ लाख रुपैयाँले बढाएको छ ।

सरकारले आर्थिक ऐन ल्याएर विद्युतीय सवारीसाधन (ईभीमा) १० प्रतिशत कर बढाउने निर्णय गरेसँगै सिप्रदीले टियागोको मूल्य बढाएको हो । ५० किलोवाटसम्मका सवारीसाधन ५ प्रतिशतभन्सार र ५ प्रतिशत अन्त शुल्क बढाएको छ ।

५ प्रतिशत भन्सार शुल्क बढाएर १० प्रतिशत बनाएको छ भने यस अघि अन्तशुल्क छुट थियो । ५ प्रतिशत लाग्ने गरी ऐन ल्याइएको छ ।  

क्र.स.भेरियन्ट मुल्य (रुपैयाँमा)
एक्स टी२७ लाख ४९ हजार
एक्स जेड प्लस२८ लाख ९९ हजार
एक्सजेड प्लस टेक लक्स२९ लाख ९९ हजार
स्रोत: सिप्रदी ट्रेडिङ

१ लाख रुपैयाँ मूल्य बढेसँगै टप भेरियन्टको २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । एक्सटी भेरियन्टको २७ लाख ४९ हजार रुपैयाँ,एक्सजेड प्लस भेरियन्टको २८ लाख ९९ हजार र एक्सजेड प्लस टेक लक्स लक्जरी भेरियन्टको २९ लाख ९९ हजार रुपैयाँ ग्राहकले खरिद गर्न पाउनेछन् । टियागो ईभी ४९ किलोवाट क्षमताको गाडी हो ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सरकारले कर बढाउने निर्णय गरेसँगै कम्पनीले पनि मूल्य समायोजन गरेको बताए। उनले टियागोको सबै भेरियन्टमा १ लाख रुपैयाँ मूल्य बढेको स्वीकार गरे ।


क्लिकमान्डु