एक महिना भित्र कोपोमिसमा आबद्ध नहुने सहकारीको दर्ता खारेजी हुने



काठमाडौं । एक महिनाभित्र एकिृत व्यवस्थापन प्रणाली (कोपोमिस)मा आबद्ध नहुने सहकारीको दर्ता खारेजीसम्म हुने भएको छ ।
सहकारी विभागले एक महिना भित्र अनिवार्य रुपमा कोपोमिसमा सहकारीलाई आबद्ध हुन भनेको छ ।

‘यस विभागबाट पटक पटक निर्देशन हुँदा समेत सबै सहकारी संघसंस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्द भई विवरण प्रविष्ट गरेको नदेखिएकोले १ महिनाभित्र अनिवार्य रुपमा कोपोमिस प्रणालीमा आबद्द भई तोकिए बमोजिमको विवरण प्रविष्ट गर्नुहुन जानकारी गराईन्छ’ विभागले भनेको छ, ‘अन्यथा कानून बमोजिम दर्ता खारेजीसम्मको कारवाही गरिने छ ।’

सबै सहकारीले विभागले तोकेको कोपोमिस प्रणालीमा अनिवार्य रुपमा आवद्द भई विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था सहकारी ऐन, २०७४ (संशोधन सहित, २०८०) को दफा ७३ को उपदफा १ (क) मा रहेको छ । सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रममा समेत महत्वका साथ उल्लेख भएको छ । यसले गर्दा सबैलाई यो प्रणालीमा आबद्ध हुन विभागले भनेको हो ।


क्लिकमान्डु