ललितपुरको कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ



काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो।

पक्राउ परेको ४ जनालाई आज प्रहरीले सार्वजनिक गर्दै छ । उक्त सहकारीका साढे ६ सय बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । सहकारीले बचतकर्ताको ९५ करोड रुपैयाँ अपचलन गरेको बताइएको छ ।

उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २६ गते समस्याग्रस्त घोषणा गरेको छ ।


क्लिकमान्डु