थापाथली क्याम्पसमा आईटी मेला आयोजना हुँदै, यसरी जनाउनुहोस् सहभागिता



काठमाडौं । भोलि शनिवार थापाथली इन्जिनियरिङ क्याम्पसमा आईटी मेला २०८१ आयोजना हुने भएको छ । कोड फर चेन्ज नामक संस्थाले आईटी पढ्न इच्छुक र अध्ययनरत विद्यार्थीलाई अवसर दिन आईटी मेला आयोजना गर्न लागेको कोड फर चेन्जले जनाएको छ ।

माध्यमिक तह (प्लस टु) सकेका तथा स्नातक तह अध्ययनरत विद्यार्थीहरूलाई केन्द्रित गर्दै यो मेला आयोजना हुन लागेको बताइएको छ । कार्यक्रममा आईटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति तथा भर्नामा छुट, वर्कसप तथा सेसन, नेटवर्किङ लगायतको फाइदा मिल्नेछ । स्नातक तहमा अध्ययनरत विद्यार्थीले इन्टर्नशिप तथा जागिर पाउन सक्ने, परियोजना प्रदर्शनी गर्ने, करियर काउन्सिलिङ लगायतमा अवसर पाउनेछन् । इच्छुक विद्यार्थी कार्यक्रममा नि:शुल्क सहभागी हुने आयोजकले बताएको छ ।

सहभागी हुन यस लिंकमा क्लिक गर्नुपर्नेछ र देखिएको फारम भर्न सकिन्छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeUJFLZnpBLnuxZ3wRVi4QhRSZYoqsDeP1a0bDn3DHJgAA3UQ/viewform


क्लिकमान्डु