सहकारी मन्त्रीले सार्वजनिक गरे १०० दिनमा गरेका १०१ काम, १६ काम गर्ने योजना



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्री बनेको १ सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

आफूले मन्त्रालय सम्हालेको बिहीबार १ सय दिन पूरा भएको भन्दै मन्त्री अधिकारीले भूमि, सहकारी र गरिबी निवारणका लागि आफूले गरेको कामको सूची सार्वजनिक गरेका हुन् । भूमि व्यवस्थातर्फ ६१, गरिबीतर्फ ९ र सहकारीतर्फ ३१ सहित १०१ काम गरको विवरण प्रस्तुत गरे ।

उनले थप २ वटा सहकारी संस्थजालाई समस्याग्रस्त घोषणा गरेको, समस्याग्रस्त सहकारी समितिमा अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको,साझा सहकारीको स्वामित्वमा रहेको देशभरको अचल सम्पत्तिको विवरण संकलन गर्न निर्देशन दिएको लगायतका उपलब्धिलाई समावेश गरेका छन् ।

उनले आगामी दिनमा गर्ने काममा भूमि व्यवस्थातर्फ ११, सहकारीतर्फ ३ वटा र गरिबीतर्फ २ वटा काम गर्ने योजना प्रस्तुत गरेका छन् ।


क्लिकमान्डु