भारत भ्रमणमा पञ्चेश्वर आयोजना र अरुण जलविद्युत आयोजनाका विषयमा गहन कुराकानी गरेः प्रचण्ड



काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए ।

भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको प्रचण्डले बताए ।

उनले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जनाकारी गराए । उनले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी गराएको प्रचण्डको भनाइ छ ।

भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको प्रचण्डको भनाइ छ । दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको उनले बताए ।


क्लिकमान्डु