एलन मस्कले प्रशंसा गरेका भारतीय युवा इन्जिनियर को हुन् ?



एजेन्सी । टेस्लाका सीईओ एलन मस्कले हालै एक इन्जिनियरको कामको खुबै प्रशंसा गरे । विशेषगरी अटोपाइलट प्रविधिको विकासमा उनको निर्णायक भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनीबारे मस्कले सामाजिक सञ्जालमा खुलेर प्रशंसा गरेका छन् । तिनै युवा इन्जिनियरबारे यतिबेला चर्चा हुन थालेको छ ।

ती हुन् भारतीय अशोक एलुस्वामी । मस्कको व्यावसायमा महत्त्वपूर्ण योगदान गर्ने ती युवा इन्जिनियर को हुन् भनेर विशेषगी भारतीयहरुले चर्चा गरेका छन् । अशोक एलुस्वामी टेस्लाको अटोपाइलट टोलीका लागि हायर गरिएका पहिलो इन्जिनियर पनि हुन् ।

मस्कले उनको पोस्ट फेरि सेयर गर्दै अशोकसँगै अटोपाइलट टिममा अर्का इन्जिनियरको अभूतपूर्व कार्यका लागि आभार व्यक्त गरेका छन् । “उनी र हाम्रो अद्भुत टोलीबिना, हामी अस्तित्वमा नभएको स्वायत्त आपूर्तिकर्ता खोज्ने अर्को कार कम्पनी अस्तित्वमा हुने थिएन,”मस्कले भने।

अशोक एलुस्वामी एक रोबोटिक्स इन्जिनियर हुन् । उनीसँग कम्प्यूटरको अवधारणा साथै योजना र नियन्त्रणमा गहिरो अनुभव छ । हाल उनी सान फ्रान्सिस्कोमा बस्दै आएका छन् । साथै टेस्लामाको अटोपाइलट टोलीमा हायर गरिएका उनी पहिलो इन्जिनियर पनि हुन् ।

अशोक १० वर्षदेखि नै टेस्लासँग आबद्ध छन् । २०१४ को जुनमा उनी टेस्लामा आबद्ध भएका थिए । साढे २ वर्षपछि उनी वरिष्ठ सफ्टवेयर इन्जिनियरमा उनी बढुवा भए । २०१९ को मे महिनामा उनी टेस्लाको अटोपाइलट सफ्टवेयरको निर्देशकमा नियुक्त भए । हालसम्म उनी सोही पदमा छन् ।

भारतको चेन्नाइस्थित कलेज अफ इन्जिनियरिङमा अध्ययन गर्दाका उनका एक प्रोफेसरले अशोकलाई ब्याचलर्स् अध्ययन गर्दा टप विद्यार्थी रहेको प्रतिक्रिया दिएका छन् । पछि उनले मेलोन युनिभर्सिटीबाट रोबोटिक्स सिस्टम डेभलपमेन्टमा मास्टर्स गरेका थिए ।


क्लिकमान्डु