विश्वकप खेल्न वेस्ट इन्डिज गए सन्दीप



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने टी २० विश्वकप क्रिकेट टोलीमा समावेश हुन वेस्ट इन्डिज प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखने निर्णय गर्दै स्नदीप लाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीमा यसअघि नै पेस गरेको जनाएको छ ।

क्यानले नेपालको अफिसियल स्व्वाडमा सन्दीप रहे पनि उनले अमेरिकी भिसा नपाएपछि आईसीसीसँग समन्वय गरि वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जनाएको छ ।

सन्दीप लामिछानेको भिसासँऊ सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यवाजी सत्य नरहेको विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु