युनाईटेड मोदी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर ल्याउने प्रस्ताव पारित, नयाँ कार्यसमिति चयन



काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरको १०औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गुरुङ र सुनिल भक्त श्रेष्ठ संचालक समितिमा निर्वाचित भएका छन् ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।

लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावरद्वारा प्रबद्र्घित मेवा खोला जलविद्युत आयोजना (५० मेगावाट) आयोजना मा लगानी गर्नका लागि विद्युत नियमन आयोगको सहमति बमोजिम कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख बमोजिमको सेयर संख्या १ करोड २३ लाख ५ हजार कित्ता सेयर बराबर सेयरका दरले १ः१ अनुपातमा हकप्रद सेयर गर्न अनुमति पाएको हो ।


क्लिकमान्डु