बजेटको बेला मैले बोकेको झोला नै गाँजाले बनेको हो: अर्थमन्त्री

175
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दा आफूले बोकेको झोला गाँजाले बनेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी बैठकमा अर्थमन्त्री पुनले कसले उत्पादन गरेको थाहा नभए पनि आफूले बजेटको बेला बोकेको झवाल गाँजाको भएको खुलाएका हुन् ।

‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन गर्‍यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो,’ उनले भने ।

अर्थमन्त्रीले अनुसन्धानका लागि गाँजा तत्काल खुला गर्नु पर्ने बताए ।

‘अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई बिस्तारै कानुनी व्यवस्था गर्दै जाउँला,’ अर्थमन्त्री पुनले भने ।

अहिले पनि गाउँगाउँमा गाँजा खेती सामान्य भएको उनको भनाइ छ ।

Skip This