छिटोभन्दा छिटो धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारसँग कार्यवाहक अध्यक्षको आग्रह



काठमाडौं । धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र रानामगरले ऐनको व्यवस्था बमोजिम आफू बोर्डमा आएको बताएका छन् । उनले छिटोभन्दा छिटो बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारसँग आग्रह गरे ।

शुक्रबार नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव कार्यक्रममा कार्यवाहक अध्यक्ष मगरले बोर्डमा आफू आएर एउटा बैठक गरेको बताए । अहिले आफूले बजारको विकासमा अध्ययन गरिरहेको बताए । अध्यक्ष रानाले जग्गा प्राप्तिका विषयमा उपत्यका विकास प्राधिकरणसँग आफूले कुरा गरिरहेको र यो समस्या समाधान गर्ने बताए ।

ऐन कानुनमा कुनै समस्या भए संशोधन गर्दै जाने उनले धारणा राखे ।

राजस्व सचिव डा रामप्रसाद घिमिरेले बोर्डलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए ।उनले जोखिममा आधारित नियमन तथा सुपरीवेक्षण आवश्यक रहेको बताए । नियम कानुनको परिधिमा रहेर काम गर्दा भयवित हुन नपर्ने उनले उल्लेख गरे ।

धितोपत्र बजारमा गलत प्रबृत्ति बढेको बताउँदै उनले उत्पादिनशील क्षेत्रमा जानुभन्दा पनि स्पेकुलेशन हुने गरेकोले यसतर्फ ध्यान दिनु पर्ने उनले बताए ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बोर्ड जिम्मेवार नियामक बन्न आवश्यक रहेको बताए । राष्ट्र बैंक, बिमा प्राधिकरण, धितोपत्र बोर्डबी सहकार्य आवश्यक रहेको उल्लेख गरे ।


क्लिकमान्डु