त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ मा भ्वाङ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा प्वाल परेका कारण हाल आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार धावनमार्गको मध्य भागतिर प्वाल परेको भेटिएको हो ।

उक्त प्वाल परेको भागलाई टालेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको छ ।

थाइल्याण्डको बैंककबाट आएको थाइ लायनको विमानले अहिले निजगढको आकाशमाथि फन्का लगाइरहेको छ । त्यस्तै बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको हिमालयन एयरलाइन्सको विमान पनि निजगढको आकाशमा घुमिरहेको छ । त्यस्तै नेपालगञ्जबाट काठमाडौं आइरहेको बुध्द एयरको विमान धादिङको आकाशमाथि फन्का लगाइरहेको छ ।

विमानस्थल कार्यालयका अनुसार आवश्यकम मर्मत सकेर केही समयपछि नै उडान अवतरण खुल्ने भएको छ । यसअघि जेठ ११ गते पनि विमानस्थलको रनवेमा प्वाल परेको थियो । पछिल्लो समय उक्त विमानस्थल बिजी भइरहँदा यस्ता समस्या दखिने क्रम बढेको छ ।


क्लिकमान्डु