मासिक २५४० जीबीपीएस इन्टरनेट ब्याण्डविथ आयात, कुनले कति भित्र्याउँछन् ?



काठमाडौं । नेपालमा मासिक २५४० जीबीपीएस इन्टनरनेट व्याण्डविथ आयात भइरहेको छ ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले आयात गरेको इन्टरनेट व्याण्डविको तथ्यांकअनुसार नेपाल टेलिकम, वर्ल्डलिंक, सुविसु, भायनेट, क्यासिक टेकसहितका सेवाप्रदायकबाट इन्टरनेटको व्याण्डविथ आयात हुने गरेको छ ।

नेपालमा इन्टरनेट सेवाप्रदायक र नेटवर्क सेवा प्रदायकको रुपमा काम गरिरहेको कम्पनीहरुले आयात गरेको इन्टरनेको सबैभन्दा ठूलो हिस्सा वर्ल्डलिंकसँग छ । वर्ल्डलिंक एक्लैलै ९ सय जीबीपीएस इन्टरनेट आयात गर्छ ।

अन्य सेवाप्रदायकमा नेपाल डिजिटलले ५०० जीबीपीएस, नेपाल टेलिकमले २४० जीबीपीएस, सुविसुले १९० जीबीपीएस, डिस होमले १६५ जीबीपीएस, भायनेटले १६० जीबीपीएस इन्टरनेशनल इन्टरनेटको व्याण्डविथ आयात गर्ने गरेको तथ्यांकले देखाएको छ ।

यस्तो तथ्यांकअनुसार एनसेलले २१० जीबीपीएस, क्लासिकटेकले ६० जीबीपीएस र अन्य सेवाप्रदायकले ११० जीबीपीएस आयात गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा आयात भएको यस्तो व्याण्डविथमा आयातमा भारतकै मात्र पकड छ । नेपालमा आउने यस्तो इन्टरनेटमा भारतीय भारतीय एयरटेल, सिंगापुर, इन्टराप्टस सिंगापुर, टाटा र चाइना टेलिकम तथा चाइना युनिकोर्नबाटमात्रै इन्टरनेट आइरहेको छ ।


क्लिकमान्डु