अन्तिम मिनेटमा ३ अंक बढाउँदा पनि सेयर बजार सामान्य गिरावट, खेलाडी असफल



काठमाडौं । सेयर बजारमा निकै उतार चढाब देखिएको छ । बजारका खेलाडीहरुले निकै प्रयास गर्दा पनि बढाउन भने सकेनन् ।

कारोबारको सुरुमा केही बढेको बजार पुन घटबट हुँदै अन्तिम समयमा भने सामान्य गिरावट आएको छ । बजारका खेलाडीहरुले अन्तिम समयमा बढाउन निकै प्रयास गरेपनि असफल भएनन् । पछिल्लो केही दिनयताको कारोबारमा अन्तिम समयमा बजारमा बढाउने क्रम बढेको छ ।

अन्तिम एक मिनेटमा बजार ३ अंकले बढाउँदा पनि समग्र सूचक भने १.९३ अंकले घटेर परिसूचक २०७७.७८ बिन्दु कायम भएको छ । यो दिन १०१ कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घटेको छ । ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, वित्त, जीवन बिमा, उत्पादन तथा प्रशोधन निर्जीबन बिमा समूहको उपसूचक राताम्मे बनेका छन् भने होटल, जलविद्युत, माइक्रोफाइनान्स, ट्रेडिङ समूहको उपसूचकमा हरियाली छाएको छ ।

कारोबारमा इमर्जीङ नेपाल, भगवती हाईड्रोपावर, मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु