पहिलो सगरमाथा आरोहणमा हिलारी र शेर्पाका लागि जुत्ता बनाउने सात्रा के गर्दैछ ?



७१ वर्षअघि सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले लगाएको जुत्ता अहिले पनि उस्तै ।

एजेन्सी । विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलोपटक आरोहणको क्रममा प्रयोग गरिएको जुत्ता ७१ वर्षपछि अहिलेसम्म उस्तै रहेको छ । न्युजिल्याण्डका एडमन्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पाले १९५३ मे २९ मा संयुक्त रुपमा पहिलो पटक आरोहण गरेका थिए ।

उनीहरुले प्रयोग गरेका जुत्ता इंग्ल्यान्डस्थित केटरिङ सहरमा ‘शू एन्ड एलिड ट्रेड्स रिसर्च एसोसिएसन’ (सात्रा) ले तयार पारेको थियो । सात्राका टम बाएसले भनेका छन्,’जुत्ता सम्भवत सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो । किनकि यदि तपाइँको खुट्टा क्षतिग्रस्त भयो भने कसैले पनि सहयोग गर्न सक्दैन ।’

हिलारी र तेन्जिङ आरोहणको क्रममा अक्सिजनको कमी भएपछि सगरमाथाको ८,८४७ उचाइमा १५ मिनेटसम्म आराम गरेका थिए । उनीहरुको आरोहणको उपलब्धि बेलायती रानीको राज्यभिषेकको पूर्वसन्ध्या जुन २ सम्म बाहिरी विश्वमा पुगेको थिएन । पछि मात्रै हिलारीलाई उपाधि दिइयो ।

बाएसका अनुसार सात्राले विभिन्न डिजाइनका जुत्ता बनाउन नर्थह्याम्पसायरको आसपासका धेरै जुत्ता कारखानाहरु प्रयोग गरेको थियो । साथै सगरमाथा आरोहण गर्ने टोलीका प्रत्येक सदस्यको खुट्टा नापिएको थियो । र त्यसै अनुरुप डिजाइन गरिएको थियो ।

उक्त कम्पनीसँग १९५२ बेला नापिएका नाप र डिजाइनहरु अहिलेसम्म पनि रहेको बताइएको छ । आरोहणमा हिलारीले प्रयोग गरेको बुट अहिलेसम्म पनि सात्रासँग उस्तै रहेको छ । १२ साइजको उक्त जुत्ता साइज १२, जुन हिलारीको साइज थियो । तर ती जुत्ताहरु ओभरसाइजको भएको पनि बाएसले बताएका छन् । तर हिउँमा चिप्लनबाट रोक्ने गरी जुत्तामा प्रयोग गरिएको इन्सुलेसनले अहिले पनि काम गर्ने बताइएको छ ।

के हो सात्रा ?

सात्रा टेक्नोलोजी सेन्टर एक अनुसन्धान र प्रविधि केन्द्र हो । जसले बेलायत र चीनका दुई स्थानमा १ सय ८० जनाभन्दा वैज्ञानिक, प्राविधिक र सहयोगी कर्मचारीहरुलाई रोजगारी दिँदै आएको छ । १९१९ मा ब्रिटीश बुट शु एन्ड एलिड ट्रेड्स रिसर्च एसोसिएसनको नाममा बेलायतमा स्थापना भएको यो कम्पनीले फर्निचर सेफ्टी प्रडक्ट लत्ताकपडा छालाका वस्तु घरायसी सजावटका सामग्री सरसफाइ प्रविधि लगायत सामग्री उत्पादन गर्दै आफ्नो विशेषज्ञता विस्तार गरेको छ ।

आंशिक रुपमा सदस्यहरुमार्फत् वित्तपोषित रहेको यस सेन्टर यसअन्तर्गत हालसम्म ७० देशमा १६०० वटा कम्पनी रहेका छन् । जुन व्यक्तिगत सुरक्षा उपकरण, खेलौना र निर्माण उत्पादनहरुमा युरोपियन युनियनको निर्देशनहरुका लागि एक अधिसूचित निकाय पनि हो । रिसर्च, सामग्री र उत्पादन मूल्यांकन, उपभोक्ता उत्पादन र व्यक्तिगतसुरक्षा उपकरण परीक्षण, व्यवस्थापन प्रणाली र कन्सल्टेन्सी, अन्तर्राष्ट्रिय गुणस्तरीय प्रणाली, गुणस्तरीय प्रतिबद्धता, प्रकाशन सूचना सेवा र परीक्षण उपकरणको उत्पादन र विक्रीको क्षेत्रमा यसका गतिविधि केन्द्रित छन्।

साथै फायरप्रुफ सुट, सेफ्टी चश्मा, घोडचढीका लागि सुरक्षात्मक उपकरण उत्पादनमा पनि सत्राले काम गर्दै आएको छ । र फुटवेयरको टिकाउ परीक्षण, फुटवेयर फिटिङ, रसायन विज्ञान प्रयोगशाला परीक्षण र फर्नीचर स्थायित्व परीक्षण पनि यसले गर्दै आएको छ ।

सगरमाथाको पहिलो आरोहणको क्रममा प्रयोग भएका जुत्ता सत्राले नै बनाएको थियो । सगरमाथा आरोहणका लागि १९५२ मा सत्रालाई ३४ जोडी जुत्ता तयार पार्नका लागि भनिएको थियो ।

जतिबेला उचाइमा प्रयोग गर्नकै लागि जुत्तालाई उच्चस्तरीय थर्मल इन्सुलेसनसहित डिजाइन गरिएको थियो । त्यसबेला इन्सुलेसनको पाँच तहसम्म जुत्तामा प्रयोग गरिएको बताइन्छ । आन्तरिक वास्प अवरोध, जालीदार इनसोल र रबर गेटरको पनि प्रयोग पनि जुत्तामा देखिएको थियो । वाफ र पानी जुत्ताभित्र पस्न नदिने किसिमको ती जुत्ता तयार पारिएका थिए । साथै बाहिरी गेटरले बरफलाई जुत्तामा पग्लिनबाट रोकेको थियो । उक्त जुत्ताको तौल जम्मा ४ पाउन्डभन्दा थोरै बढी थियो ।


क्लिकमान्डु