प्रदीप अधिकारीको मुद्दा हेर्न नमिल्नेमा, थुनामै बस्नुपर्ने

441
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको थुनछेक मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भक्तपुरमा बनाएको होलिपोर्टमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

अधिकारीसहित ७ जनाविरुद्ध जनही साढे १३ करोड रुपैयाँको विगो दाबी गर्दै अख्तियारले हालेको मुद्दाको आइतबारको लागि पेशी तोकिएको थियो ।

आइतबार न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा अधिकारीको मुद्दाको थुनछेक बहस थियो ।

यो मुद्दा हेर्न नमिल्नेमा परेपछि अधिकारी थुनामै रहने भएका हुन । अख्तियारले अधिकारीसहित ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।