संसदमा अर्थमन्त्रीको जवाफ: संसदीय समितिको निर्देशनमा स्पोन्ज आइरनमा भन्सार बढाएँ

119
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसदीय समितिको निर्देशनमा आफूले स्पोन्ज आइरनको भन्सार महशुल दर वृद्धि गरेको बताएका छन्।

सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै बुधबार अर्थमन्त्री पुनले स्पोन्ज आइरनको भन्सार महशुल दर वृद्धि तथा विलेट आयातमा लाग्ने अन्तःशुल्क हटाउनका लागि संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको निर्णय अनुसारको निर्देशनलाई आधार लिइएको बताएका छन् ।

फलामको डण्डी उत्पादनमा अन्तःशुल्क लाग्ने व्यवस्था रहेको र सोको कच्चा पदार्थको रूपमा रहेको विलेटको आयातमा अन्तःशुल्क लगाउन उचित समेत नदेखिएको हुँदा विलेट आयातमा लाग्ने अन्तःशुल्क हटाइएको उनले सदनलाई जानकारी गराए । ‘यसबाट स्पञ्ज आइरन र विलेट प्रयोग गरी डण्डी उत्पादन गर्ने दुवै किसिमका उद्योगलाई बजारमा प्रतिस्पर्धा गर्न समान फिल्ड उपलब्ध हुने अपेक्षा गरेको छु,’ पुनले भने ।

यस्तो छ सांसदहरुको प्रश्नमा अर्थमन्त्री पुनको जवाफ

Skip This