रवि मुछिएकोसहितका सहकारीको ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले थाल्यो काम, बानेश्वरमा बैठक



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसिरहेको छ।

बुधबार प्रतिनिधि सभाको बैठक बसिरहँदा सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरको शंकर हलमा बैठक बसिरहेको हो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा प्रकरणमा मुछिएपछि कांग्रेसले निरन्तर संसदमा बिरोध गरेपछि सत्तापक्ष समिति बनाउन तयार भएको थियो ।

समितिको सभापति एमाले सांसद सूर्य थापा रहेका छन् । समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल रहेका छन् । समितिमा कांग्रेस र एमालेबाट २/२, माओवादी, रास्वपा र राप्रपाका १/१ जना सदस्य रहेका छन् ।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव तीन महिना भित्र दिनेछ । यसका लागि २९ वटा सहकारीको अनुसन्धान गरिने छ ।


क्लिकमान्डु