बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकीकरण भएर आएको छः स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रहरुको प्राथमिकीकरण गरेर ल्याएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै सांसद वाग्लेले बजेटमा पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याउनु मिसन मोड भएको संज्ञा दिए ।

सरकारले पाँचभन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको उनले बताए ।

आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवयेर निर्यात पुर्‍याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको वाग्लेले बताए ।

यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको उनले बताए ।

सरकारले यसमा थप आइटी पार्क,स्वदेशी स्वट्वयेरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्न दिने खालका कार्यक्रम ल्याएर लक्ष्य पूरा हुने बताए ।

एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडित क्षमतामा आइपुगेको भन्दै उनले आगामी वर्षसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य राखिएको भन्दै जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्ने बताए ।

स्वर्णिम वाग्लेले यसो भने

यसपाली अर्थमन्त्रीज्युले जानेर नजानेर मसिन मोडमा काम गर्ने गरेर केही क्षेत्रहरुको प्राथमिकिकरण गर्नुभएको छ । आफैँले पनि सल्लाह लिएको थिए । पाँच छ वटा ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नुपर्छ । डिजिटललाइजेशन पहिलो छ । यसमा लक्ष्य ठूलो छ । हाम्रो अध्ययनले ५० करोडको निर्यात देखाएको छ । अबको १० वर्षमा ३० अर्ब पु¥याउने भनिएको छ । मिसन स्पष्ट छ । टाइम लिमिट पनि छ । १५ लाख रोजगारी दिने लक्ष्य पनि छ । आइटी पार्क,स्वदेशी सफ्ट्वेयरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक छन् । अझ यसमा आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर सरकार गयो भने लक्ष्य पहुँच भन्दा बाहिर छैन । एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडित क्षमतामा आइपुगेका छौं । अर्को सालसम्म ४५ सय मेगावट जडित क्षेमता बनाउने लक्ष्य राखिएको छ । जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्छ । पर्यटनमा १६ लाखका कुरा गरिएको छ । त्यसलाई दैनिक खर्च र पर्यटकको औषत बसाईलाई लम्ब्याउनुपर्छ । पर्यटकको टाउँको गनेर मात्रै हुँदैन । यो पनि मिसन मोडमा नै आएको छ ।


क्लिकमान्डु