मे महिनामा आए करिब १ लाख पर्यटक, पाँच महिनामा ५ लाखभन्दा बढी



काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ पर्यटक आएका थिए भने २०२० को मेमा ३१, २०२१ को मेमा १ हजार ५ सय ३१, २०२२ को मेमा ५४ हजार ९३ र २०२३ को मेमा ७७ हजार ७ सय पर्यटक नेपाल आएका थिए । २०२४ मा यो संख्या अझ बढेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार २०२४ जनवरीदेखि मेसम्मको पाँच महिनामा ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार सन् २०२४मा सबैभन्दा बढि आउने पर्यटक भारतीय रहेका छन् भने चिनियाँ दोस्रो तथा अमेरिकी पर्यटक तेस्रो संख्यामा रहेका छन् ।

सन् २०२४ को मे महिना सम्म्मा भारतबाट १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन् । यसैगरि बोर्डका अनुसार मे महिनामा मात्रै भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका थिए ।

यस्तै, सन् २०२४ को पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन् भने मे महिनामा मात्रै ८ हजार ३ सय ८१ चिनियाँ नेपाल आएका छन् । अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ३ हजार ४ सय ५८ नेपाल आएका छन् ।

बोर्डका अनुसार बेलायतबाट मे महिनामात्र २ हजार ८ सय २ जना नेपाल आएका छन् ।

मार्च र अप्रिलमा हरेक महिना पदयात्रा र पर्वतारोहणका लागि १ लाखभन्दा बढि पर्यटक आएका थिए । तर मेमा १ लाखभन्दा केहि कम पर्यटक आएका छन् ।

सन् २०२४ को जनवरीमा ७९,१००, फेब्रुअरीमा ९७,४२६, मार्चमा १,२८,१६७ र अप्रिलमा १,११,३७६ पर्यटक आएका थिए ।


क्लिकमान्डु