पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडेको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।


क्लिकमान्डु