बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था छैनः अर्थविद् डा.पौडेल



काठमाडौं । अर्थविद् डा. विश्वनाथ पौडेलले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषय कार्यक्रममा बोल्दै यस्तो बताए ।

सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सुधारका कुनै पनि नीति नल्याएको उनले बताए ।

उनले सरकारले ल्याएको नयाँ सुधारको नीतिले नयाँ उद्योग थप्न सक्ने अवस्था नदेखिएको बताए ।

सरकारले ल्याएको बजेटमा नयाँ कुराहरु केही नभएको उनको भनाइ छ । उनले सुधारका कुरामा विगतका बजेटमा मन्त्रालयगत,नयाँ सुधार योजना हुँदा स्पष्ट गरिने तर अहिलेको बजेटमा सुधारका योजना नभएको बताए ।

उनले मुख्य ड्राइभर भनेर हेर्ने भौतिक पूर्वाधार र शहरी विकासमा बजेट बढे पनि त्यहाँ खल्तीका योजनाहरु आउने गरी बजेट ल्याइएको बताए ।

‘सरकारले ल्याएको बजेटमा नयाँ कुराहरु केही छैन । सुधारका कुरामा विगतका बजेटमा मन्त्रालयगत,नयाँ सुधार योजना हुँदा स्पष्ट गरिन्थ्यो । त्यो भएकाले मुख्य ड्राइभर भनेर हेर्ने भौतिक पूर्वाधार र सहरी विकासमा बजेट बढेको छ । त्यहाँ खल्तीका योजनाहरु आउने डर छ । त्यो भयो भने खर्च हुँदैन,’ उनले भने, ‘कृषि,शिक्षा र स्वास्थ्यको बजेटको प्रतिशत घटेको छ । निजी क्षेत्र बजेटबाट उत्साहित हुनुपर्ने आवश्यकता छैन । कुन नीतिले उद्योग क्षेत्रमा नयाँ उद्योग थप्ने त्यो देखिएको छैन ।’

उनले कृषि,शिक्षा र स्वास्थ्यको बजेटको प्रतिशत घटेको उल्लेख गरे ।


क्लिकमान्डु