पहिलो आलु शिखर सम्मेलन सम्पन्न



काठमाडाैं । बिश्वभरि बिभिन्न रुपमा प्रथम आलु शिखर सम्मेलन मनाउंदै गरेको परिप्रेक्ष्यमा नेपालमा पनि पहिलो पल्ट आलु शिखर सम्मेलन २०२४ को आयोजना सम्पन्न भएकाे छ । नेपाल–भारत उद्योग वाणिज्य संघ, बिश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) तथा नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको संयुक्त आयोजनामा आलु शिखर सम्मेलनको आयोाजना गरिएको हो ।

आलुसंग प्रत्यक्ष जोडिएका कृषक,उद्योगी, ब्यापारी लगायत सम्पूर्ण सरोकारवालाहरुको बिचार, अनुसन्धान र ज्ञानको आदान–प्रदान गर्ने तथा समग्र रुपमा नेपालको कृषि क्षेत्रकै उत्थानको प्रमुख उद्देश्यका साथ उक्त शिखर सम्मेलनको आयोजना गरिएको नेपाल–भारत उद्योग वाणिज्य संघले जनाएकाे छ ।

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाले आलु एक कृषि उपजकै रुपमा तथा आम मानिसकै लागी पनि अति आवश्यकीय एवं महत्वपूर्ण उपजको रुपमा रहेको र बिगतको तुलनामा बर्तमान समयमा यसको कृषिको प्रणाली, सीप, प्रबिधि लगायत बिबिध पक्षको बिकासले बृद्धि भईरहेको भएता पनि कृषिमा छिमेकी मुलुकहरुमा भईरहेको बिकास र बृद्धिको दाँजोमा धेरै सिक्न र गर्न बाँकी नै रहेकोले शिखर सम्मेलनको बिभिन्न प्यानल डिस्कशनमा छलफल भएर आउने सुझावहरुले आगामी दिनको लागी हाम्रो अर्थतन्त्रको उत्थानको लागी एउटा नयाँ दिशा दिन सहयोगी बन्ने बिश्वास गरिन् ।

नेपालको जलबायु, हावापानी, भौगोलिक बनौट आदिको हिसाब बाट पनि कृषि अत्यन्त महत्वपूर्ण क्षेत्र रहेको तथा नेपालको अर्थतन्त्र मुख्यतया कृषिमा नै आधारित रहेको कारण आलु नेपालको परिप्रेक्ष्यमा उपयुक्त उपजको रुपमा रहेको र यो उपजको आत्मनिर्भरताले पनि हाम्रो अर्थतन्त्रलाई ठूलो टेवा पुयाएन सघाउने बिश्वास पनि उनले ब्यक्त गरिन् ।

प्रमुख अतिथिको आसनबाट कृषि तथा पशुपन्छी बिकास मन्त्री ज्वाला कुमारी साहले आपूm मन्त्रीको रुपमा पहिलो पल्ट शपथ लिंदा नै यो दशकलाई कृषि लगानीको दशकको रुपमा लिने संकल्प लिएको स्मरण गर्दै यो आलुको शिखर सम्मेलन हुनु एक प्रकारले सुखद रहेको बिचार ब्यक्त गरिन् ।

सम्मेलनमा हुने छलफलबाट निस्केका निचोडहरुले मन्त्रालयलाई उर्जा दिने बिश्वास पनि मन्त्री साहले ब्यक्त गरिन् । संसारभरि नै सबैजसोको अति प्रिय बनेको कृषि उपज आलुको बिषयमा आयोजना भएको शिखर सम्मेलनबाट कृषि उपज आलुको सम्बन्धमा आउने समस्या, बिचार, निष्कर्श एउटा दिशा निर्देश गर्नेछ र सम्बन्धित मन्त्री भएको नाताले समग्र मन्त्रालय साथमा रहने प्रतिबद्धता ब्यक्त गर्दै ती निष्कर्श, बिचारहरुले समग्र कृषि क्षेत्रकै उत्थानको लागी मन्त्रालयलाई आगामी दिनको लागी आप्mनो कार्यनीति तय गर्न सहयोग पुग्ने बिश्वास पनि उनले ब्यक्त गरिन् ।

बिश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ)का प्रतिनिधि मोनिका थताभाले अनलाईन मार्फत आलुको बिश्व परिबेशका वारेमा आप्mनो बिचार ब्यक्त गरिन् भने टेक्निको साईन्सेस ईण्डियाका प्रमुख कार्यकारी अधिकारी एन के झाले आलुको खेती, प्रबिधि लगायत आलुवालीमा भारतले गर्र्दै आएको प्रयोगका वारेमा बताए ।

उनका अनुसार भारतमा सन् १९३५मा आलुलाई एक सम्भावना बोकेको कृषि उपजको रुपमा प्राथमिकतामा राखेर एउटा आलुकै सम्बन्धि अनुसन्धान गर्ने संस्थाको सुरुवात भएको र अहिले सम्ममा ३७५ प्रजातिका आलुको बिउ तथा प्रजाति बिकसित गरि सकेको बताउँदै भारत अहिले बिश्व बजारमा दोश्रो ठूलो आलु आपूर्ति गर्ने देशको रुपमा स्थापित भएको पनि बताए । हाल भारत प्रति बर्ष १६ मिलियन मेट्रिक टन आलु उत्पादन गर्ने गर्दछ ।

त्यस्तै बिश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ)का भूटान तथा नेपाल प्रतिनिधि केन शिमिजुले भूटान को भौगोलिक अवस्थिति, जलवायू, हावापानी धेरै मिल्दो भएको र दुबै देशमा पहिला गरिने आलुखेतीको प्रबिधि लगभग उस्तै रहेको स्मरण गर्दै दुबै देशका बिश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ)ले बर्तमान अवस्थामा कृषिका क्षेत्रमा क्षमता अभिबृद्धि गर्न कार्य गर्दै गरेको बताए ।

पहिलो सेसनमा वक्ताको रुपमा सिन्धुपाल्चोकका कृषक मोहन श्रेष्ठले उत्पादक र बजारको बीचमा ठूलो खाडल रहेकोले उक्त खाडल पुर्न सरकारी पक्षले उपयुक्त नीति ल्याएर सम्बोधन गर्नु पर्ने बताए ।

बिश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) नेपालका सहायक प्रतिनिधि डा. बिनोद शाहले आलु मात्र एउटा यस्तो .कृषि उपज हो जुन दीगोपनको र खाद्य शुरक्षाको दृष्टिकोणबाट पनि प्रचुर सम्भावना बोकेको उपज हो भने यसको बिकासबाट स्थानीय तवरमा पनि रोजगारी सिर्जना गरेर जिबिकोपार्जनमा आत्मनिर्भर बनाउने सामथ्र्य राख्दछ भन्ने बिचार ब्यक्त गरे ।

कृषिमा आत्मनिर्भर बन्न र यसको बिकासको लागी बिश्व कृषि तथा खाद्य संगठन (एफएओ) ले नेपाल सरकार, कृषक तथा नीजी क्षेत्रसंग पनि सहकार्य गर्दै आईरहेको बताए ।

आलु शिखर सम्मेलनमा कृषि मन्त्रालयका सहसचिव जानुका पण्डितले नेपालमा आलुको बर्तमान अवस्था बिषयक कार्यपत्र प्रस्तुत गरिन् ।

त्यस्तै फस्र्ट च्वाईस पूड्स प्रा.लि.बुटवलको तर्फबाट एग्रोनेमिष्ट श्याम प्रसाद ढकालले मूल्य श्रृंखलामा नीजी क्षेत्रको सहभागीता बिषयमा प्रस्तुति दिए ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा दिपक कुमार खरालले आलु लगायत कृषि उपजको उत्पादन बृद्धि तथा बजारसंगको सम्बन्ध बिकासको लागी मन्त्रालयले नीति तथा कार्यक्रम तयार गरेर गर्न सक्ने वा सघाउन सक्ने क्षेत्रको बिषयमा सम्मेलनले राय सुझाव दिएर मन्त्रालयलाई सघाउन सकिने बिचार ब्यक्त गरे ।

आज प्रबिधिले ठूलो फड्को मारि सकेको अवस्था छ र कृषिमा पनि प्रबिधिको बिकासको क्षेत्रमा हामीकहां भएका बिभिन्न शैक्षिक संस्थाहरुले थप भूमिका खेल्न सक्ने धारण ब्यक्त गर्दै यस सम्मलेनबाट प्राप्त प्रतिवेदन, सुझावले मन्त्रालयलाई सहयोग पुुग्ने बिश्वास पनि उनले ब्यक्त गरे ।


क्लिकमान्डु