सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । शुक्रबार (आज) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य आज प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ जुन अहिलेसम्मकै महँगो हो ।

बिहीबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु