अर्थमन्त्रीको बजेट अनुभवः जब रात छिप्पिँदै जान्छ, त्यति धेरै म्यासेज आउँदो रहेछ



काठमाडौं । मंगलबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गरेका अर्थमन्त्री वर्षमान पुनले बुधबार बजेट निर्माणको क्रममा भएका केही रमाइला अनुभूति सुनाएका छन् ।

पहिलो कार्यकालमा बजेट ल्याउन नपाएका पुन १२ वर्षपछि अर्थमन्त्री बने र संघीय संसदमा बजेट भाषण गर्न पाए ।
बजेट निर्माणका क्रममा धेरै भन्दा धेरैको सुझाव लिएको पुनले बताएका पुनले त्यसक्रममा दबाब र सुझावका फोन रात छिप्पिँदै जाँदा बढ्दै जाने गरेको अनुभव सुनाए ।

‘ह्वाट्सएप, अन्य माध्यममा धेरै म्यासेज आयो । जब रात पर्दै जान्छ, यस्तो कुरा आउँदै जाने रहेछ । जब रात छिप्पिँदै जान्छ, १२ बजेतिर त यति धेरै आयो की’ अर्थमन्त्री पुनले भने ।

बजेट निर्माण गर्नुपूर्व स्पन्ज आइरनका विषयमा धेरै नै छलफल गरेको उनले दाबी गरे । मन्त्री पुनले स्पन्ज आइरनका विषयमा सरोकारवाला निकाय, मन्त्रालयले धेरै भन्दा धेरै छलफल गरेको दाबी गरे ।

‘स्पन्ज आइरनमा केही न केही आउँछ भन्ने लागेको थियो । यो पटकको बजेटमा सबैभन्दा बढी छलफल गरेको, के गर्ने, कसो गर्ने भनेको हो । हामीलाई ल है तपाईहरुले यसो गर्दै हुनुहुन्छ रे भन्ने म्यासेज आयो । यसमा बिबादमा पर्नु हुन्छ भन्ने सुझाव पनि थियो । मैले यसका बारेमा सचिव, राजस्व हेर्ने साथीहरुलाई पनि भनेको थिएँ । यसमा मलाई लुकाउनु पर्ने केही नै थिएन,’ उनले भने, ‘ह्वाट्सएप, अन्य माध्यममा धेरै म्यासेज आयो । जब रात पर्दै जान्छ, यस्तो कुरा आउँदै जाने रहेछ । जब रात छिप्पिँदै जान्छ, १२ बजेतिर त यति धेरै आयो की । कसले के भन्छ भनेर हामी सबैले आपसमा सेयर गर्यौ । मलाई आउने जस्तै सचिवलाई पनि आउने रहेछ । यसमा करियर छ। यसमा बिबाद हुन्छ भनेर आउने गरेको थियो ।’

यो कच्चा पदार्थ भएकाले अध्ययन गरेर १८ वटा स्पन्ज आईरन प्रयोग गर्नेले ब्लेड पनि प्रयोग गरेको पाइएको बताए । उद्योगीले दुवै खाले माग गरेको पुनले बताए ।

कयौ ठूला पूर्वाधार निर्माण गर्न ब्लेड नै चाहिने अध्ययनले देखाएको उनले उल्लेख गरे । यसमा आलोचना आउने थाहा हुँदा हुँदै पनि ल्याएको पुनको भनाइ छ ।


क्लिकमान्डु