‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमका लागि १० करोड बजेट



काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रम कार्यान्वयनका लागि बजेट छुट्याएका हुन् ।

सरकारले नीति तथा कार्यक्रममार्फत् प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा गरेको थियो । कार्यक्रममार्फत् वडा केन्द्रित विशेष महिला र सामाजिक विकास कार्यक्रम सञ्चालन गरिने र महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सबल बनाउने बताइएको छ ।


क्लिकमान्डु