जुम्लामा ‘मार्सी’ कोरिडोर बनाउने सरकारको घोषणा



काठमाडौं । सरकारले जुम्लाको तिला र हिमा नदी आसपासको क्षेत्रलाई मार्सी धान कोरिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

संघीय सरकारले प्रदेश र स्थानीय तहको सहयोगमा देशका विभिन्न क्षेत्रमा विशेष कोरिडोर स्थापना गरिने घोषणा गरेको हो । मंगलबार संसद्‍को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन् ।

यस क्रममा अर्थमन्त्री पुनले बाराको कोल्वी र सिम्रौनगढ क्षेत्रलाई माछा कोरिडोरको रुपमा विकास गर्ने तथा निजगढ–ढल्केबरलाई नेपाली गलैंचा कोरिडोर बनाउने बताए । यस्तै सार्वजनिक निकायले अनिवार्य नेपाली गलैंचा प्रयोग गर्नुपर्ने बजेटमार्फत् घोषणा गरिएको छ ।


क्लिकमान्डु