चीन जोड्ने २२० केभी प्रसारणलाइन निर्माण गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले चीन जोड्ने रसुवागढी-केरुङ २२० केभी प्रसारणलाइन निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै केरुङ-रसुवागढी २२० केभी क्रस बोर्डर प्रसारणलाइन निर्माणको घोषणा गरे ।

प्रसारणलाइनको निर्माणको घोषणा गरेको भएपनि अहिलेसम्म विद्युत व्यापार सम्झौता भएको छैन् । त्यसैगरी उनले इनरुवा-ढल्केबर, खिम्ती-बाह्रबिसे-लप्सीफेदी ४०० केभी प्रसारणलाइन निर्माण सम्पन्न गरिने बताए । निर्माणाधीन कर्णाली करिडोर ४०० केभी प्रसारणलाइन तिव्रता दिने सरकारको योजना छ ।

हेटौडा-रातमाटे, लप्सीफेदी-दमौली-न्यु बुटवल, बुटवल-लमही,भेरी करिडोर निर्माण सुरु गरिने उनले बताए ।अरुण,सेती,दुधकोसी र बुढीगण्डकी करिडोर प्रसारणलाइन निर्माण प्रक्रिया अघि बढाउने तयारी छ । न्यु बुटवल गोरखपुर ४०० केभी अन्तर्देशीय प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।


क्लिकमान्डु