६ लाख पर्यटक बढाउने घोषणा, पर्यटन क्षेत्रको विकास गर्न ११ अर्बको बजेट



काठमाडौं । सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने व्यवस्था मिलाउने भएको छ ।

हाल १० लाखको हाराहारीमा आएका पर्यटलाई एकै वर्ष ६ लाख बढाउने गरी पूर्वाधार बनाउने अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमार्फत घोषणा गरेका छन् ।

सरकारले आगामी आवबाट बन्द भएका र सञ्चालनमा नआएका विमानस्थलमा प्याराग्लाइडिङ तथा साहसिक मनोरन्जनको खेल सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ ।

आगामी आर्थिक वर्षको लागि पर्यटन पूर्वाधार तथा हवाई क्षेत्रको विकासहितको लागि ११ अर्बको बजेट विनियोजन भएको अर्थमन्त्री पुनले बताए ।


क्लिकमान्डु