जनकपुरलाई ‘वेडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ बनाइने



पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोडको बजेट विनियोजन

काठमाडौं । नेपाल सरकारले पुराना र नयाँ विभिन्न पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन गर्ने घोषणा गरेको छ । यस अन्तर्गत मधेसको पर्यटकीय गन्तव्य जनकपुरलाई वेडिङ हबको रुपमा विकास गर्ने र लुम्बिनीलाई बर्थिङ हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ ।

रामजानकीको विवाह क्षेत्रको रुपमा चिनिएको जनकपुरलाई ‘वेडिङ हब’ र गौतम बुद्धको जन्मस्थानको रुपमा रहेको लुम्बिनीलाई ‘बर्थिह हब’को रुपमा विकास गरिने अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।

मंगलबार संसद्‍मा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको बताए । यस क्रममा उनले ग्रेट हिमालयन ट्रेल, मुन्दुम ट्रेल र गुरिल्ला ट्रेल लगायतका पदमार्गहरुको विकास र प्रवर्द्धनका सरकारले जोड दिएको बताएका छन् ।

सरकारले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा पनि घोषणा गरेको छ । यस्तै आगामी आर्थिक वर्षमा आर्थिक तथा वित्तीय सुधार आयोग गठन गर्ने पनि अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।


क्लिकमान्डु