सेयर बजार राताम्मे, कारोबार रकम घट्यो



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २२.१४ अंकले घटेर परिसूचक २१०९.३४ बिन्दु कायम भएको छ ।

कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । यो दिन बजार मापन गर्ने सूचकसँगै कारोबार रकम समेत घटेको छ ।

यो दिन ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेको छ । यो दिन होटल तथा पर्यटन बाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

कारोबारमा कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिटी होटल, बुद्धभुमी नेपाल हाईड्रोपावर, बाराही हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा इन्फिटीनी लघुवित्त, वन नेपाल लघुवित्त, भगवती हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आइएमई लाईफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले १५ करोड ६६ लाख १३ हजार ८३३ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा सीईडिबी हाईड्रोपावर र फस्र्ट माइक्रोफाइनान्स रहेका छन् ।


क्लिकमान्डु