मुलुक विद्युतमा आत्मनिर्भरतर्फ, जडित क्षमता ३०६० मेगावाट पुग्यो



C

काठमाडौं । नेपालको कुल जडित क्षमता ३०६० मेगावाट पुगेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गर्दै मुलुक विद्युतमा आत्मनिर्भरतातिर उन्मुख रहेको बताए ।

उनका अनुसार फागुन मसान्तसम्म ९७.७ प्रतिशत विद्युतीकरण भएको छ । आगामी दुई वर्षमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य छ ।

विद्युतको उत्पादनसंगै माग समेत बढिरहेको छ । शनिबार साँझ पीक डिमाण्ड करिब २००० मेगावाट पुगेको छ । त्यसै गरी ८८.५ प्रशितमा सिंचाई सुविधा पुगेको सर्वेक्षणमा उल्लेख छ ।


क्लिकमान्डु