![](https://clickmandu.com/wp-content/uploads/2024/05/barsaman-pun-1.png)
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।
आइतबार संसद् बैठकमा अर्थमन्त्री वर्षामान पुनले चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको तथ्यांकसहितको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आर्थिक सूचकमा सुधार हुँदै गएको बताए ।
उनले कृषि र सेवा क्षेत्रमा भएको सुधारले ३.९ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान सार्वजनिक गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमाथि छानबिन समितिको माग गर्दै प्रदर्शन गरिरहँदा सभामुखले अर्थमन्त्री पुनलाई आर्थिक सर्वेक्षण सार्वजनिक गर्न अनुमति दिएका थिए ।
प्रतिक्रिया