भिजिबिलीटी कम हुँदा जहाज अवतरणमा समस्या, दुईवटा जहाज डाइभर्ट



काठमाडौैं । बाक्लो पानीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलीटी कम हुँदा जहाज अवतरणमा समस्या भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा १ हजार मिटर मात्रै भिजिबिलीटी भएका कारण काठमाडौं अवतरण गर्ने जहाजलाई समस्या भएको विमास्थलका प्रवक्ता सुवास झाले बताए ।

उनका अनुसार कम भिजिबिलीका कारण जहाज अवतरण नर्ग नसकेपछि चिनियाँ बिमान एयर चाइना डाइभर्ट भएर चाइना नै फर्किएको छ ।

आन्तरिक उडानमा पनि लुक्लाबाट काठमाडौं आउने गरेको जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्न पुग्ने भिजिबिलीटि नभएका कारण रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको छ ।

बर्षाका कारण उडानमा भने खासै समस्या छैन भने अवतरणमा केही समय अवरोध हुने देखिएको उनले बताए ।


क्लिकमान्डु