६ स्थानमा बिजुली अवरुद्ध हुने



काठमाडौं । काठमाडौंको ६ स्थानको विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि शुक्रबारसम्म ६ स्थानमा विद्युतीय वितरण लाइन भुमिगत गर्न लागेकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त क्षेत्रमा बिद्युत अवरुद्ध गर्ने जनाएको छ ।

प्राधिकरणका अनुसार साँखु(जोरपाटी), चौमती (कुलेश्वर), केएमसी र ओल्ड एयरपोर्ट(बानेश्वर), कालिमाटी(कुलेश्वर), रोपवे(कीर्तिपुर) र मूलपानी(जोरपाटी) फिडर अन्तर्गत बिद्युत आपूर्ति अवरुद्ध हुनेछ । यसका साथै मौसम प्रतिकुल भएको अवस्थामा सटडाउन समेत हुन सक्ने प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु