चिनियाँ ईभीमा भन्सार दर बढाउने अमेरिकी निर्णयको विरोधमा एलन मस्क



एजेन्सी । टेस्लाका मालिक एलन मस्कले अमेरिकामा चिनियाँ इलेक्ट्रोनिक गाडीहरुमाथि भन्सार शुल्क बढाउने फैसलाको विरोध गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट निर्यात हुने इलेक्ट्रिक गाडीहरुमा भन्सार शुल्क बढाउने घोषणा गरेका थिए ।

पेरिसमा आयोजित एआई सम्बन्धी एक सम्मेलनको क्रममा कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले भनेका छन्, ‘न टेस्लाले न त मैले भनै न्सार शुल्क बढाउने माग गरेका थियौं ।’
जवकि गत जनवरीमा एलन मस्कले व्यापारमा कुनै प्रतिबन्ध बिना चिनियाँ कार निर्माताहरूले आफ्ना प्रतिस्पर्धीहरूलाई हटाउने बताएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने गत साता अमेरिकामा रोजगार बचाउने उल्लेख गर्दै केही कदम उठाउने बताएका थिए । उक्त कदममध्ये एक थियो चिनियाँ इलेक्ट्रिक सवारीको भन्सार शुल्कमा १०० प्रतिशत कर बढाउने घोषणा पनि एक थियो । एलन मस्कले भने यो कदमबाट आफूलाई दुखी बनाएको बताएका छन् ।

तर चीनमा भन्सार शुल्क नभएकाले टेस्लाले त्यहाँ राम्रो व्यापार गरिरहेको उनले बताए । साथै अमेरिकाको भन्सार शुल्क वृद्धिको कदमको प्रतिकारमा चीनले पनि कुनै कदम उठाउन सक्ने मस्कको भनाइ छ ।


क्लिकमान्डु