भारतबाट आउने अप्टिकल फाइबरमा चुहावट, इन्टरनेट चलेन



काठमाडौं । शुक्रबार बिहानदेखि इन्टरनेट सेवा प्रभावित भएको छ । वर्ल्डलिंक, भायनेट लगायत इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने सेवामा समस्या देखिएको हो ।

भारतबाट नेपाल भित्रने देशकै ठूलो इन्टरनेट नाका रुपेन्देहीस्थित सुनौलीमा समस्या आउँदा देशभर इन्टरनेट सुस्त भएको हो । वर्ल्डलिंकले अपस्ट्रिम नेटवर्कमा समस्या आएका कारण सेवा प्रभावित भएको जनाएको छ । कम्पनीले भनेको छ, ‘हामी समस्या समाधान गर्न लागि परेका छौं ।’

भायनेटका एक अधिकारीका अनुसार भारतबाट आउने ब्याडविथमा समस्या आएको र समाधान हुन कम्तिमा २ घन्टा लाग्ने छ । उनले अहिले मर्मतसम्भार भइरहेको र छिट्टै सेवा पुरानै अवस्थामा आउने बताए ।

यस्तो छ वर्ल्डलिंकको सूचनाः


क्लिकमान्डु