नियमन आयोगको अध्यक्षका लागि ८ जनाको आवेदन



काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ जनाले आवेदन दिएका छन् । आयोग अध्यक्षका लागि बुधबारसम्म आवेदन दिने अन्तिम दिन थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा रामप्रसाद धिताल, मोतिबहादुर कुँवर, डा मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह साउद, अर्जुनजङ्ग थापा र कुशेश्वरप्रसाद साहले आवेदन दिएका छन् ।

सदस्यका लागि जयराम भण्डारी, चूडामणि चापागाई, डा मधुसुदन अधिकारी, सुरेशबहादुर भट्ट, भागीरथी भट्टराई ज्ञवाली, कृष्णसिंह बस्नेत, शकुन्तला ढकाल मरहट्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साह, डा सूर्यकुमार सापकोटा र जेनी पुरीले आवेदन दिएका छन् ।

मन्त्रालयले गत वैशाख २६ गते १५ दिनभित्र आवेदन दिन सार्वजनिक सूचना आह्वान गरेको थियो । सूचनाअनुसार, एक अध्यक्ष र तीन सदस्यका लागि आवेदन दिन भनिएको थियो । मुलुकको ऊर्जा क्षेत्रको नियमन गर्ने निकायका रुपमा आयोग क्रियाशील छ । आयोगका अध्यक्ष र सदस्यको कार्यावधि पाँच वर्षको रहेको छ ।


क्लिकमान्डु