सिटिजन्स बैंक र न्यूरो कार्डियोबीच समझदारी, बैंकका ग्राहकलाई १० प्रतिशत छूट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगरको न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।

सो समझदारले सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले उक्त हस्पिटलका सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । हस्पिटलसँगको सहकार्यले बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

डिजिटल बैंकिङ्गलाई बढाउन र भुक्तानीमा सहजता प्रदाय गर्न यो सम्झौताले सहज हुने बैंकको भनाइ छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने समेत सिटिजन्स बैंकले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु